वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीको आत्महत्या दर निकै चिन्ताजनक देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार २०८१ सालमा मलेसियामा ६९ नेपाली कामदारले आत्महत्या गरेका छन् । यो २०८१ को वैशाखदेखि चैतसम्मको १२ महिनाको तथ्याङ्क हो ।
बोर्डका अनुसार भदौमा सबैभन्दा धेरै अर्थात् १० जनाले आत्महत्या गरेका छन् । त्यसपछि वैशाख र जेठमा ९–९ जना नेपालीले आफैँ जीवन अन्त्य गरेका छन् । असार र साउनमा समान ५–५ जना र असोजमा ७ जनाले मृत्यु रोजेका छन् । यस्तै, कात्तिकमा ४, मंसिरमा ३, पुसमा ४ र माघमा ३ जना नेपालीले मृत्यु चुनेका छन् । फागुन र चैतमा पनि समान ५–५ जनाले मलेसियामा शरीर सकाएका छन् ।
तथ्याङ्कले औसतमा हरेक दिन झन्डै ६ जना नेपालीले आत्महत्या रोज्ने गरेको डरलाग्दो यथार्थ उजागर गरेको छ । मलेसियामै मात्र हरेक दिन यो सङ्ख्यामा आत्महत्या हुनु निकै चिन्ताजनक विषय हो ।
साथै, यसले वैदेशिक रोजगारीको दर्दनाक चित्र समेत प्रस्तुत गरेको छ । यसबाट मलेसियामा अन्य समस्यासँगै मानसिक स्वास्थ्यको समस्या विकराल रहेको समेत पुष्टि गर्छ ।
यस्तोमा, सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न आवश्यक कार्यक्रम तत्काल ल्याउन आवश्यक देखिन्छ । यस्तै, नेपाली कामदारले समेत आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्ने जस्तो संवेदनशील कुरामा हेलचेक्र्याइँ गर्नु हुँदैन ।