काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै फेसबुकमा आक्रामक टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, "प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ।"
बालेनले डिभी कार्यक्रमलाई दासत्वको संज्ञा दिँदै थप लेखेका छन्, "कृपया आफ्नो अभिलाषा (डिभी) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।"
नेपाल लगायतका देशलाई दिँदै आएको अनुदान रोक्कासँगै आप्रवासीमाथिको अमानवीय धरपकडलाई लिएर बालेनको यो प्रतिक्रिया आएको अनुमान छ ।
तर बालेनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सिर्जना भएको छ । केहीले उनको विचारको समर्थन गर्दा कतिपयले यस्ता धारणा अन्तर्राष्ट्रिय सम्बन्धका कोणबाट उपयुक्त नभएको तर्क गरेका छन् ।