जर्मनी छोड्नु पर्ने बाध्यताका नेपालीसहितका ८२ हजार बढी आप्रवासीले जर्मनी मै बस्ने अवसर पाउने भएका छन् । जर्मन सरकारले Opportunity Residence Act अन्तर्गत बसोबास अनुमति सकिएका विदेशी आप्रवासीहरूलाई जर्मनीमै बस्न अवसर दिने भएको हो ।
Opportunity Residence Act अन्तर्गत डिपोर्ट हुनुपर्ने तर केही कारणले डिपोर्ट हुन नसकेकालाई १८ महिनाका लागि ‘प्रोभिज्नरी रेसिडेन्स पर्मिट’ दिइनेछ ।
जर्मनीमा धेरैजसो नेपालीहरू अध्ययन, रोजगारी वा अस्थायी अवस्थामार्फत प्रवेश गरेका छन्। तर, कागजात अभाव, स्वास्थ्य अवस्था, वा अन्य विविध कारणले नियमितिकरणमा समस्या भोगिरहेका छन्।
यस्ता अवस्थामा यो ऐनले उनीहरूलाई कानुनी रूपमा स्थायी बसोबासको सम्भावना प्रदान गर्न सक्छ । नियम सन् २०२५ अन्त्यबाट लागू हुने छ ।
यस अवधिमा बसोबास अनुमती सकिएका आप्रवासीले राम्रो जर्मन भाषा सिकेर आफूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएका छन् र आपराधिक रेकर्ड छैन भने स्थायी बसोबास अनुमति लिन सक्नेछन् ।
कस्ता व्यक्तिले बस्ने अवसरको सदुपयोग गर्ने ?
यदी तपाई जर्मनीमा अक्टोबर ३१, २०२२ सम्म कम्तीमा ५ वर्षदेखि बसिरहनुभएको छ र हाल Duldung, अस्थायी वा आवासिय अनुमतिमा हुनुहुन्छ, परिवारसँगै बस्नुहुन्छ वा बस्न चाहनुहुन्छ,
कुनै गम्भीर आपराधिक केस छैन र परिचय खुला र सही छ भने तपाईंले यो ऐन अन्तर्गत आवेदन गर्न सक्नुहुन्छ।