नेपालमा काम गर्न ६७६ विदेशीले लिए वर्क पर्मिट

नेपालमा काम गर्न ६७६ विदेशीले लिए वर्क पर्मिट

आप्रवासन आप्रवासन

नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ६७६ विदेशीलाई वर्क पर्मिट दिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत साउनदेखि चैतसम्मको अवधिमा विभिन्न देशका ती नागरिकहरूलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरेको हो ।

यसरी काम गर्ने इजाजत पाउनेमा सबैभन्दा धेरै  चिनियाँ रहेको विभागले उल्लेख गरेको छ ।

यस्तै, चैतसम्म १ हजार २३१ विदेशीको वर्क पर्मिट नवीकरण गरिएको छ । चैतमा मात्रै ९० विदेशीलाई वर्क पर्मिट जारी भएको छ भने १५० जनाको पर्मिट नवीकरण गरिएको छ ।

९ महिना अवधिमा ४२ कम्पनीले श्रमिक आपूर्तिकर्ता इजाजत पत्र पाएका थिए।

नेपालमा खास गरी विदेशी परियोजनामा काम गर्न विदेशी श्रमिकहरू आउने गरेका छन् । पछिल्ला वर्षहरूमा नेपाल आएर श्रम गर्ने विदेशीहरू बढ्दै गएका छन् ।

गत आर्थिक वर्षमा २ हजार ६८५ जना विदेशी नागरिकले वर्क पर्मिट लिएका थिए । यस्तै, आर्थिक वर्ष २०७९/८० मा २ हजार ९९४ र आर्थिक वर्ष २०७८/७९ मा २ हजार १८१ जना विदेशीले वर्क पर्मिट लिई नेपालमा काम गरेका थिए ।