पोखरा विमानस्थलमा भ्रष्टाचार

पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको ठहर

आप्रवासन आप्रवासन

पोखरा विमानस्थल निर्माणबारे छानबिन गरिरहेको संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

सद्को सार्वजनिक लेखा समिति अन्तर्गत राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको मस्यौदा तयार पारेको हो ।

मस्यौदामा १४ अर्ब रुपैयाँको विमानस्थल निर्माण परियोजनालाई अस्वाभाविक रूपमा लागत बढाएर २२ अर्ब पुर्‍याइएको भनिएको छ ।

जसमध्ये बाँध र नालीहरू निर्माण गर्दा एक अर्ब २७ करोड, छिने डाँडा काट्न ३२ करोड र एसी जडानमा ७ लाख ४२ हजार ६५९ अमेरिकी डलर अनियमितता भएको ठहर छ । माटो थिच्दा ४४ लाख ३५ हजार अमेरिकी डलर भुक्तानी गरिएको बारे समेत समितिको प्रश्न छ ।

जमिनको प्राकृतिक उचाइभन्दा २० फिट गहिरो हुने गरी रनवे निर्माण भएको भन्दै प्रश्न उठाएको छ ।

यसबाहेक, इन्धन ट्याङ्की बनाउँदादेखि परामर्श खर्चमा समेत हिनामिना भएको निष्कर्ष छ । यस्तै, सम्झौता विपरीत कर छुट दिएर राजस्व चुहावट गरिएको ठहर गरिएको छ ।

उपसमितिले तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन र उपसमितिले सिफारिस गरेको छ