अमेरिकाले हाल अध्यागमन नीति थप कडा बनाएको छ । जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा परेको छ। विद्यार्थी भिसाका सर्तहरू उल्लङ्घन गर्ने वा अनजाने गल्ती गर्नेहरूको भिसा रद्द गर्ने तथा देश निकाला गर्ने कार्य तीव्र रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा विद्यार्थीहरूलाई भिसा र देश निकालाबाट बच्नका लागि के गर्ने बुझ्न जरुरी छ ।
१. भिसाको नियमको पूर्ण पालना गर्ने
विद्यार्थीहरूले फुल टाइम कलेज कायम राख्नुपर्छ । वर्किङ आवरबारे लागू गरिएको प्रतिबन्धहरूको पालना गर्नुपर्छ । भिसाले छुट दिएकोबाहेक अन्य ठाउँमा काम नगर्नुहोस् ।
२. सत्य तथ्य जानकारी सही ठाउँबाट मात्र लिने
विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालय वा लाइसेन्स प्राप्त वकिलसँग मात्रै सल्लाह गर्नुहोस् । अफवाह वा फेसबुक ग्रुपमा देखेका हल्लालाई पत्याएर कुनै पनि निर्णयमा पुग्नु हुदैन् ।
३. कानुनी झमेलाबाट टाढै रहने
नजानेर आफूलाई साना गल्ती लाग्ने कुनै कानुन उल्लङ्घनले पनि रिपोर्ट गराउन सक्छ । आफू रहेको स्थानको नियमबारे जानकार हुनुपर्छ । जस्तै: सडक नियम, सवारी नियम, दैनिक जीवनयापनमा स्थानीय नियम के छ राम्रोसँग बुझ्नुपर्छ ।
४. भिसा अवधि र कर भुक्तानबारे सचेत हुने
अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले काम गरिरहेका वा नगरेमा समेत कर बुझाउन फर्म ८८४३ भर्नुपर्छ । काम गरेकाले डब्ल्यु टु वा १०९९ अनुसार कर बुझाउनुपर्छ । यदि गलत कर रिपोर्ट गरेमा ग्रिन कार्ड वा भिसामा असर गर्ने छ ।