विदेशमा सवारी चालक

विदेशमा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरू

आप्रवासन आप्रवासन

नेपालका सडकहरूमा हामीले जथाभाबी गाडी गुडाएको, ट्राफिक नियम तोडिएको र दुर्घटना भएका दृश्यहरू देख्न सक्छौ । तर, के विदेशमा पनि यस्तै हुन्छ त ? कि त्यहाँका नियम नेपालभन्दा निकै कडा छन् नेपालमा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । विदेशका सडकहरूमा नियम उल्लङ्घन गर्दा कस्तो सजाय हुन्छ भन्ने बारे चकित बनाउने तथ्यको आज हामी चर्चा गर्दै छौ ।

नानीदेखि लागेको बानी भन्ने कुरा भनाई मात्रै होइन, हाम्रो बानीहरू छुटाउन धेरै गाह्रो हुन्छ । लेन मिचेर सवारी चलाउने, सिग्नल तोड्नु, हेलमेट नलगाउनु, सवारी जथाभाबी पार्किङ गर्ने व्यक्ति हामी तपाई नै हो । कहिले कही ट्राफिक जरिवानामा पनि पर्छौ तर उही त हो । नानी देखि लागेको बानी । .

तर के विदेशमा पनि यसरी ट्राफिक नियम मिचेमा नानीदेखि लागेको बानी भन्दै केही रकम तिरेर आरामले बस्न पाइन्छ ? 

विल्कुलै पाइदैन् ।

विदेशमा सवारी चालक काम गर्ने वा सवारी चलाउने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरूबारे यहाँ जानकारी गराउँदै छौ ।

१.ट्राफिक चेकपोस्टहरूमा प्रहरीले कागजात मागे तुरुन्त दिने, म्याद नाघेका पाइएमा समेत ठुलो जरिवाना हुने हुँदा कागजपत्र बेला बेला हेर्ने ।

२.बस, भ्यान वा यात्री बोक्ने साधन चलाउने यात्रीहरूको आवासीय अनुमति पत्र जस्ता कागजात भए नभएको यकिन गर्ने ।

३.आफ्नो साथी भन्दै अर्को कम्पनीका कामदारलाई सवारीमा लिफ्ट दिन मिल्दैन ।

४.स्पिड लिमिटको अनिवार्य पालना गर्नुपर्छ ।

५.एकतर्फी सडकमा सवारी चलाउने, सवारी रोक्नुपर्ने ठाउँमा नरोक्ने, जथाभाबी पार्किङ गर्नुहुुदैन् ।

६.हाइवे अनुमति स्टिकर, गाडीका बत्तीहरू, नम्बर प्लेट लगायतमा त्रुटि देखिएमा समेत जरिवानामा परिन्छ । अब जरिवानामा परिहाले पनि सतर्क रहनुपर्छ किन कि जरिवाना रकम तोकिएको अवधि भित्रमा तिरिएन भने छोटो अवधिमै जरिवाना बढ्दै जाने हुँदा समयमै तिर्नुपर्छ ।