वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणका लागि विदेश गएका नेपाली नागरिकहरू विभिन्न कारणले गर्दा निर्वासित (डिपोर्ट) भएर स्वदेश फर्कन बाध्य हुने क्रम बढ्दै गएको छ। यो भिडियोमा हामी यस्ता ८ कारणबारे कुरा गरिरहेका छौँ जसकारण डिपोटमा परिन्छ ।
विदेशी भूमिबाट डिपोर्ट हुने प्रमुख ८ कारण
१=अवैध बसोबास – भिसाको अवधि समाप्त भइसकेपछिसमेत बिना नवीकरण रहनु ।
२=अनधिकृत प्रवेश – सीमा नाघेर अवैध रूपमा प्रवेश गर्नु ।
३=भिसा ठगी वा झूठो विवरण – झूठा कागजात वा गलत जानकारीका आधारमा भिसा प्राप्त गर्नु ।
४=अनुमति बिना काम गर्नु – रोजगार अनुमतिबिना काम गर्न थाल्नु ।
५=झूठो विवाह सम्बन्ध – आप्रवासन लाभका लागि नक्कली विवाह गर्नु ।
६=आप्रवासन स्थितिमा असर पार्ने आपराधिक कार्य – गैरकानुनी गतिविधिहरूमा संलग्न हुनु ।
७=ठेगाना परिवर्तनको जानकारी नदिनु – बसोबासको ठेगाना परिवर्तन गर्दा सम्बन्धित निकायलाई सूचित नगर्नु ।
८=++अवैध आप्रवासीको तस्करी वा लुकाउनु – अन्य अवैध आप्रवासीलाई सहायता गर्नु वा लुकाउनु ।