विदेशबाट फोन ल्याउँदा

विदेशबाट फोन ल्याउँदा थाहा पाउनुपर्ने यी नियम

आप्रवासन आप्रवासन

विदेशबाट फर्किँदा मोबाइल ल्याउन चाहने नेपालीले सरकारको नियमका बारे जानकार हुनुपर्दछ । हाल ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ९एमडीएमएस० प्रणाली लागू गरिएको छ । यस अन्तर्गत आफूले चलाइरहको फोनबाहेक थप एकभन्दा बढी मोबाइल भन्सार तिरेर मात्र ल्याउन पाइन्छ । नियमले तोकेको मापदण्डबारे जानकार भएमा भने विदेशबाट नेपाल आउँदाको यात्रा झन्झट रहित हुने छ । त्यसैल विदेशबाट फोन नेपाल ल्याउँदा र त्यसपछि नेपालमा दर्ता सम्बन्धका जिज्ञासाबारे चर्चा गरौँ।

-विदेशबाट कति ओटा फोन ल्याउन पाइन्छ ?

विदेशबाट आउने व्यक्तिले आफूले प्रयोग गरिरहेकोसँगै अर्को एउटा मोबाइल फोन साथमा ल्याउन पाउँछन् । तीन वा तीनभन्दा बढी नयाँ फोन नेपाल ल्याएमा खरिद गरेको बिल पेस गरी भन्सार शुल्क तिरेर प्रज्ञापन पत्र लिनु पर्ने हुन्छ । बिल नभएका तीन भन्दा बढी फोन ल्याएमा भन्सार विभागले जफत गर्ने छ । 

-कस्तो अवस्थामा फोनमा भन्सार लाग्छ ?  

यदि कसैले नेपालबाट जाँदासँगै लगेको एउटा फोन र फर्किँदा साथमा अर्को नयाँ फोन ल्याएको भन्सार तिर्नु पर्दैन । तर भन्सारमा दर्ता गराउनुपर्ने छ । 

-विदेशमा प्रयोग गरिरहेका दुई ओटा फोन नेपाल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्छ ?

लामो समय विदेश बसेको व्यक्तिले साथमा उतै खरिद गरी प्रयोग गरेका दुई ओटा फोन छन् भने निःशुल्क रूपमा एउटा फोन मात्र नेपाल ल्याउन पाइन्छ । साथमा रहेको अर्को फोन नेपालमा चलाउने हो भने त्यसका लागि भन्सार र अन्तःशुल्क दुवै तिरेर प्रज्ञापन पत्र लिनुपर्ने हुन्छ ।

-विदेशबाट दुई वा दुई भन्दा बढी नयाँ फोन ल्याउँदा भन्सार कति लाग्छ ?

विदेशबाट उपहार वा जुनसुकै प्रयोजनको लागि फोन ल्याएको भए पनि भन्सारमा एउटा फोनको ५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्ने छ । 

-आफूले विदेशमा चलाइरहेको फोन नेपाल ल्याउँदा एमडीएमएस दर्ता गर्नु पर्छ ?

फोन विदेशमै खरिद गरेर पहिलो पटक नेपालमा ल्याउन लागिएको हो भने उक्त फोनमा नेपाली सिम प्रयोग गरेको १५ दिनभित्र दर्ता गरिसक्नुपर्छ । अन्यथा त्यसपश्चात् उक्त फोनमा नेपाली सिम चल्ने छैन । दर्ता गर्न भन्सारको प्रज्ञापन पत्र आवश्यक हुन्छ । विदेशबाट आउँदा भन्सारमा रहेका कर्मचारीले नै भन्सार घोषणा गर्न लगाएर तपाईँलाई प्रज्ञापन पत्र दिन्छन् । 

त्यसो भए एमडिएमएसमा कसरी दर्ता गर्ने ? 

विदेशमा बसेका र घुम्न गएका आफन्त तथा साथीभाइले पठाएका र ल्याएका फोन पनि एमडीएमएसमा दर्ता गर्न निश्चित विधि तोकिएको छ ।

मोबाइलको आईएमईआई नम्बर दर्ताको सबै काम अनलाइनबाटै गर्न सकिन्छ । एमडीएमएसको https://mdms.nta.gov.np/individual-registration/validateImei मा गएर फोन सम्बन्धी विवरण भरेर नागरिकतासहित आवश्यक कागजात अपलोड गर्न सकिन्छ ।

त्यसका आधारमा प्राधिकरणले प्रमाणीकरण गरेर आईएमईआई नम्बरलाई दर्ता गरेर वैधानिकता दिन्छ । यस्तो आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।