जर्मनीको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू ठुलो योगदान पुर्याइरहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
German Economic Institute (IW) को एक अध्ययनअनुसार विदेशी विद्यार्थीहरूले अध्ययनका लागि जर्मनी भित्र्याउने र अध्ययनका क्रममा गर्ने रोजगारीले जर्मन अर्थतन्त्रका पुर्याएको जनाएको हो ।
विद्यार्थीहरूले काम गरे बापत कर तिर्ने अध्ययन पछि पनि जर्मनीमा बसेर अर्थतन्त्रलाई मजबुत बनाउने गरेको प्रतिवेदनमा भएको छ ।
सन् २०२२ मा मात्र जर्मनीमा भर्ना भएका ७९ हजार विदेशी विद्यार्थीहरूले आफ्नो जर्मनी बसाईमा झन्डै १५.५ बिलियन युरो कर र सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने अनुमान गरिएको छ ।
अध्ययनले भनेको छ, विद्यार्थीहरूले अध्ययनमा जति खर्च गर्छन्, त्यसभन्दा धेरै फाइदा देशलाई पुर्याउँछन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जर्मनी लोकप्रिय गन्तव्य बन्नुको मुख्य कारण त्यहाँको निःशुल्क उच्च शिक्षा हो ।
जर्मनीका अधिकांश विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूसमेत अध्ययन शुल्क नलिने भएकाले संसारभरका विद्यार्थीहरू त्यहाँ अध्ययन गर्न चाहन्छन् ।