युएईमा घरेलु श्रमिक

युएईले परिमार्जन गर्‍यो घरेलु श्रमिक लैजाने प्रक्रिया

आप्रवासन आप्रवासन

युएईमा घरेलु श्रमिक लैजाने प्रक्रियाबारे नयाँ व्यवस्था गरिएको छ । युएईको मानव संसाधन मन्त्रालयले घरेलु श्रमिक आवेदन प्रक्रियादेखि इमिग्रस आइडी बनाउनेसम्मका सबै प्रक्रिया लाइसेन्स प्राप्त एजेन्टले गर्नुपर्ने भएको हो ।

यो कार्य रोजगारदाताले नै गर्नुपर्ने नियम थियो । पहिले युएई पुगेपछि धेरै कुरा आफैँ बुझ्नुपर्ने, काम पाउन समय लाग्ने, वा अलमलमा पर्ने स्थिति आउँथ्यो ।

अब नयाँ नियमले गर्दा सबै प्रक्रिया एजेन्सीले मिलाउने भएकोले श्रमिकले झन्झट खेप्नुपर्ने छैन ।

एजेन्टबाट हुने कार्य 

–युएई मानव संसाधन मन्त्रालय मा आवेदन पेस गर्ने, प्राप्त गर्ने, र छपाइ गर्ने 

–स्वास्थ्य परीक्षण मेडिकलमा सहयोग गर्ने 

–श्रमिकको इमिग्रस आइडी बनाउने प्रक्रिया मिलाउने ।

–श्रमिकलाई विमानस्थलबाट लिनु र सुरक्षित रूपमा घरसम्म पु¥याउनु पर्ने ।

–काम सुरु गर्नु अघि साक्षात्कार, तालिम र आवश्यक जानकारी प्रदान गर्ने

–कामदार बस्नका लागि सुरक्षित बसोबासको व्यवस्था गर्ने 

किन महत्त्वपूर्ण छ यो नियम नेपाली श्रमिकका लागि

–ठगिने वा अलपत्र पर्ने सम्भावना घट्नेछ।

–काम सुरु गर्नु अघि राम्रो तयारी र तालिम हुनेछ।

–युएई पुगेपछि एजेन्टले लिन आउँछ, बस्न व्यवस्था मिलाइदिन्छ ।