डिजिटल सामग्री

डिजिटल सामग्रीबाट ठूलो नाफा, दर्ता प्रक्रिया अझै अन्योलमा

आप्रवासन आप्रवासन

पछिल्लो आठ महिनामा सञ्जालका अडिओ र भिडिओ सामग्रीहरूबाट करिब सवा दुई अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत साउनदेखि फागुन महिनासम्ममा यूट्युब, फेसबुक, टिकटकसहित ’डिजिटल मूभी’लगायत अडियो, भिडिओ र सम्बन्धित सेवाहरूबाट दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको छ हो । उक्त शीर्षकअन्तर्गत नै सोही अवधिमा नेपालबाट ७२ करोड ७५ लाख रुपैयाँ बाहिरिएको छ । राष्ट्र ब्याङ्कले यसरी अडिओ, भिडिओ र ’रिलेटेड’ शीर्षकअन्तर्गत प्रत्येक महिना विदेशबाट सामाजिक सञ्जाल र ’डिजिटल मूभी’हरूबाट भित्रिने तथा बाहिरिने रकमको तथ्याङ्क यसै आर्थिक वर्षबाट मात्रै राख्न थालेको हो । बैंकको तथ्याङ्कअनुसार साउनयताका आठ महिनामा औसतमा मासिक रूपमा ३५ करोड रुपैयाँ नेपाल भित्रिने गरेको छ । गएको फागुन महिनामा मात्रै खास गरी यूट्यूब, फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमा अडिओ–भिडिओबाट २५ करोड ४७ लाख रुपैयाँ भित्रिएको र पाँच करोड १३ लाख रुपैयाँ बाहिरिएको देखिन्छ । यसरी उक्त महिनामा २० करोड ३४ लाख रुपैयाँ नाफा भएको छ । तर सरकारले सामाजिक संजाल संचालन गर्ने कम्पनीहरुलाई नेपालमा दर्ता गर्न आवहन गरेपनि दर्ताक अझै चासो देखाएका छैनन् । सरकारको सुचना अनुसार आँउदो वैशाख ५ गतेभित्र सामाजिक संजाल संचालन कम्पनीले दर्ता गराइसक्नुपर्ने छ ।