क्यानडाले न्यूनतम ज्याला दर बढाएको छ । क्यानडाले हालको ज्याला दरमा २.४ प्रतिशतले वृद्धि गरेको हो । क्यानडा सरकारले सङ्घीय नियमनमा पर्ने निजी क्षेत्रका कामदारहरूका लागि न्यूनतम पारिश्रमिक दर प्रति घण्टा १७.७५ क्यानेडियन डलरमा पुर्याएको हो ।
नयाँ दर अप्रिल १ बाट लागू भएको छ । नयाँ दर सङ्घीय रूपमा नियमन गरिएका क्षेत्रहरू जस्तै बैङ्किङ, टेलिकम्युनिकेसन, प्रान्तीय सीमाभन्दा बाहिर सञ्चालन हुने यातायात जस्तै ट्रेकिङ, रेल, हवाई सेवामा लागू हुन्छ ।
क्यानडामा जीविकोपार्जन लागत बढ्दै गएको सन्दर्भमा कामदारहरूलाई सहज होस् भनेर न्यूनतम ज्याला बढाइएको सरकारको भनाई छ ।
क्यानडामा पार्ट टाइम, अस्थायी वा न्यून पारिश्रमिक पाउने काम गरिरहेका नेपालीलाई नयाँ ज्याला दरले राहत दिने छ ।
क्यानडामा सङ्घीय न्यूनतम ज्याला हरेक वर्ष अप्रिल १ मा पुनः गणना गर्ने गरिएको छ । उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा ज्याला दर बढ्न सक्छ ।
यो व्यवस्था २०२१ देखि लागु हुँदै आएको छ र त्यसयता पारिश्रमिकमा निरन्तर वृद्धि हुँदै आएको छ ।