फागुनमा रेमिटेन्स

फागुनमा भित्रियो हालसम्मकै धेरै रेमिटेन्स

आप्रवासन आप्रवासन

गत फागुनमा हालसम्मकै धेरै रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत फागुनमा मात्र १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिटेन्स आएको हो

यसअघि गत असोजमा सबैभन्दा धेरै अर्थात् १ खर्ब ४४ अर्ब रेमिटेन्स भित्रिएको थियो

यस वर्षको फागुनमा भित्रिएको यो रेमिटेन्स गत वर्षको फागुनको तुलनामा १८ दशमलव ३ प्रतिशतले बढी समेत हो। योसँगै चालु आर्थिक वर्षको ८ महिनामा मुलुक भित्रिएको रेमिटेन्स १० खर्ब ५१ अर्ब नाघेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९ दशमलव ४ प्रतिशतले बढी हो। गत वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेकाले रेमिटेन्स समेत बढेको हो

गत ८ महिनामा अन्तिम श्रम स्वीकृति लिएर विदेशिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ छ । जबकि गत वर्षको यसै अवधिमा २ लाख ८५ हजार ३५२ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

अर्थतन्त्रका अन्य सूचक लयमा नआइरहेका बेला रेमिटेन्स लगातार बढ्दा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।