कस्तो टाउको दुखिहरेको छ, भन्ने अनुभव धेरैलाई हुन्छ । अझ, रोजगारी वा अध्ययनका क्रममा विदेशमा रहेकाहरूमा टाउको दुखिरहने समस्या आमरुपमा देखा पर्ने गरेको पाइन्छ । नयाँ वातावरण, खानपानको पविर्तन, मानसिक तनाव, कार्य थलको दबाब, तथा जलवायु पविर्तन जस्ता विभिन्न कारणहरूले उनीहरूलाई टाउको दुख्ने समस्या हुने गर्दछ । सामान्य टाउको दुखाई जुन बारम्बार दोहोरिइरहेको छ, यस्तो समस्यालाई बेवास्ता गर्नुहुँदैन, किनभने यो जटिल स्वास्थ्य समस्याको सङ्केत पनि हुनसक्छ ।
पहिले चर्चा गरौँ टाउको दुखाइका प्रमुख कारणहरूबारे:
१. तनाव वा मानसिक दबाब
वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूले लामो समयसम्म काम गर्नुपर्छ, आरामको समय न्यून हुनसक्छ । कसैमा पारिवारिक दबाब र जिम्मेवारी बोझ पनि रहन्छ । त्यस्तै, अध्ययनका क्रममा नयाँ भाषा, संस्कृति, शिक्षण पद्धतिमा अभ्यत हुनुपर्ने दबाबले पनि मानसिक तनाव निम्त्याउँछ ।
२. निद्रा अभाव
कामको व्यस्तता वा अध्ययनका कारण अनियमित जीवनशैली हुनु स्वाभाविक हो । पर्याप्त निद्रा नपाउँदा टाउको दुख्ने समस्या देखापर्न सक्छ। विशेषगत काम गर्नेहरूले यो समस्या धेरै अनुभव गर्ने गर्छन् ।
३. माइग्रेन
माइग्रेन एक गम्भीर समय हो, जुन लामो समयसम्म टाउको दुख्ने गर्छ । खानपानको असन्तुलन, हर्मोन पविर्तन, तनाव, तथा शारीरिक थकानका कारण माइग्रेन बढाउन सक्छ ।
४. डिहाइड्रेसन खानपानको असर
नयाँ देशमा बस्दा खानपान पविर्तन हुनु स्वाभाविक हो । तर प्रशस्त पानी नपिउनु, क्याफिन वा मदिराजन्य पदार्थको अत्यधिक सेवन, तथा पौष्टिक आहारको कमीले पनि टाउको दुखाइ निम्त्याउँछ सक्छ ।
५. अक्सिजन जलवायु पविर्तन
कतिपय देशहरूमा मौसम तथा हावापानी नेपालभन्दा भिन्न हुन्छ । अधिक गर्मी, चिसो, वा सुख्खा हावाले टाउको दुख्ने समय निम्त्याउन सक्छ ।
टाउको दुखाइका प्रमुख कारणबारे पूर्ण जानकारी भइसकेपछि मात्रै उपचार वा समाधानको उपायबारे चनाखो हुनुपर्छ । अब एकै छिन कुरा गरौँ के हुनसक्छ टाउको दुख्ने समस्याको समाधान ?
१. तनाव व्यवस्थापन गर्न योग, ध्यान, वा हल्का व्यायाम गर्नाले मानसिक शान्ति दिन्छ । आवश्यक भए आफन्त तथा साथीहरूसँग कुराकानी गरी भावनात्मक सहयोग लिनुपर्छ ।
२.नियमित निद्राको तालिका बनाउने न्यूनतम ६– घण्टा निद्रा आवश्यक छ त्यस कारण सुत्ने उठ्ने समय निश्चित गर्नुहोस् ।
३.स्वस्थ खानपान अपनाउन प्रशस्त पानी पिउने, ताजा फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना खाने बानी बसाल्नुपर्छ । अत्यधिक जंक फुड, मदिरा, वा धूम्रपानबाट टाढा रहनुहोस् ।
४.चिकित्सकको सल्लाह लिने टाउको दुखाइ लगातार भइहेमा तुरुन्तै स्वास्थ्य परामर्श लिनुपर्छ । किनकि कतिपयलाई उच्च रक्तचाप, मधुमेह वा अन्य दीर्घ रोग छ भनेपछि टाउको दुख्ने समस्याले सताउँछ ।
५.काम र आरामको सन्तुलन कायम गर्ने, लगातार काम गर्दा केही समय विश्राम लिनुपर्छ । कम्प्युटर वा मोबाइल स्क्रिन समय कटौतीले पनि हदसम्म समस्या समाधान हुन्छ ।
वैदेशिक रोजगार वा अध्ययनमा रहेका नेपालीहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । टाउको दुख्ने सयमालाई हल्का रूपमा नलिई समयमै समाधान खोज्नु बुद्धिमानी हुनेछ ।