कल्पना गर्नुहोस् काठमाडौँको व्यस्त सडकको भयङ्कर जाममा पर्नुभयो । घामले पोलिरहँदा अवश्य लाग्छ होला, यहीबाट उडेर पुग्नुपर्ने ठाउँमा पुगीहालौ । जमिनबाट सिधै आकाश हुँदै आफ्नो गन्तव्य पुगी हालौँ ।
यो सुन्दा साइन्स फिक्सन फिल्मको कहानी जस्तो त लाग्यो होला । तर विश्वमा हरेक दिन जसो टेक्नोलोजी क्रान्ति भइरँदा यो काल्पनिक कथा मात्रै नभर यर्थाथ पनि हो ।
चीनले यो कल्पनालाई वास्तविक बनाएको छ । चीनले ’फ्लाइङ ट्याक्सी’ अर्थात् उड्ने ट्याक्सीको व्यावसायिक उडान नै गरिसकेको छ । अब यात्रुहरूले चालकबिनाका प्रयोग गरेर गन्तव्यसम्मको यात्रा तय गर्न सक्नेछन् ।
चीनको नास्डक र हेफि हे एयरलाइन्स नामक दुई कम्पनीले चीनको नागरिक उड्डयन प्रशासनबाट अनुमति पाएका छन् । अब यी ट्याक्सीहरू व्यावसायिक रूपमा सञ्चालन हुनेछन् ।
चीन प्रविधिमा द्रुत रूपमा अगाडि बढ्दै छ । ’लो–अल्टिच्युड इकोनोमी’ लाई बढावा दिँदै, सरकारले क्वान्टम कम्प्युटर, आर्टिफिसियल इन्टेलिजेन्स र सिक्सजी जस्ता प्रविधिमा लगानी गरिरहेको छ ।
सन् २०२५ सम्म चीनको लो–अल्टिच्युड इकोनोमी १५ खर्ब युआनसम्म पुग्ने अनुमान गरिएको छ ।
अझ यो ट्याक्सीको विशेषताको कुरा गर्ने हो भने त झनै रोजक छ ।
स्वचालित प्यासेन्जर ड्रोन भएकाले यो चलाउन कुनै पाइलटको आवश्यकता पर्दैन । यो ट्याक्सी रनवे बिना नै टेकअफ र ल्यान्डिङ गर्न सक्छ । १२० मिटर उचाइमा उडान गर्न सक्ने भएकाले उच्च भवनहरू माथिबाट सजिलै यात्रा हुन्छ ।
सोच्नुस् नेपालका सहरदेखि रमाईला ठाउँको अवलोकनका लागि यो ट्याक्सी कति उपयोगी हुने थियो । सायद, नेपाल आउने पर्यटकको सबैभन्दा फेबरेट ट्याक्सी नै यही हुने छ ।