साउदीको भिसा प्रतिबन्ध

साउदीले किन लगायो यी देशमा अस्थायी भिसा प्रतिबन्ध ?

आप्रवासन आप्रवासन

साउदी अरेबियाले भारत, पाकिस्तान, बङ्गलादेशसहित १४ देशका नागरिकहरूलाई अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ ।

साउदी अरेबियाले उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लागु गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार  हजका क्रममा हुने अत्यधिक भिड र अनियन्त्रित भीड व्यवस्थापन गर्न भिसामा प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्ध हज यात्रा सकिएपछि आगामी जुन महिनाको मध्यसम्म रहने छ ।  सन् २०२४ मा हजको क्रममा अत्यधिक भिडका कारण १२ सय बढी हज यात्रीको ज्यान गएको थियो ।

तीमध्ये धेरै अनधिकृत रूपमा हजमा सहभागी भएका थिए ।

उमराह तथा भ्रमण भिसामा साउदी प्रवेश गरी, त्यहीँ बसोबास गर्दै अनधिकृत रूपमा हजमा सहभागी हुने प्रवृत्ति बढेपछि साउदी सरकारले यस्तो कडाइ गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ ।

भिसा प्रतिबन्धित देशमा भारत, पाकिस्तान, बङ्गलादेश सहित इथियोपिया, अल्जेरिया, इन्डोनेसिया ,इराक, जोर्डन, नाइजेरिया, इजिप्ट, सुडान, ट्युनिसिया, यमन, मोरोक्को छन् ।