स्पेनको गोल्डेन भिसा कार्यक्रम

स्पेनले बन्द गर्‍यो गोल्डेन भिसा कार्यक्रम

आप्रवासन आप्रवासन

स्पेनले १२ वर्षअघि ल्याएको गोल्डेन भिसा कार्यक्रम बन्द गरेको छ ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले गोल्डेन भिसा कार्यक्रमले आवास क्षेत्रमा असमानता निम्त्याएको कारण देखाउँदै अन्त्य गर्ने घोषणा गरेका हुन् । सन् २०१३ मा सुरु गरिएको यो भिसा कार्यक्रम गत बिहीबार अर्थात् अप्रिल ३ बाट गरिएको हो ।

यो कार्यक्रम अन्तर्गत न्यूनतम पाँच लाख युरो लगानी गर्ने विदेशीहरूलाई स्पेनमा स्थायी बसोबास अनुमति दिइन्थ्यो । यो भिसा पाउनेमध्ये ९५ प्रतिशतले रियल इस्टेटको क्षेत्रमा लगानी गरेका थिए ।

तर पछिल्लो समय स्पेनका मुख्य क्षेत्रमा लगानी लागत मूल्य आकासिएको छ । विशेष गरी, म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया, जस्ता स्थानहरू घरजग्गाको मूल्य महँगिएका हुन् । गत डिसेम्बरमा स्पेनी संसदमा कार्यक्रमको निरन्तरतालाई लिएर मतदान नै भएको थियो ।

जसमा कार्यक्रम बन्द गर्नुपर्ने निर्णय पारित भएको थियो । यही कारणले गर्दा पनि स्पेनी सरकार कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको हो ।

पछिल्लो १२ वर्षमा १४ हजार ५७६ जना विदेशलाई गोल्डेन भिसा जारी गरिएको थियो । गोल्डेन भिसा योजनाबाट सबैभन्दा धेरै चीन, अमेरिका, बेलायत लगायतका देशका नागरिकले लाभ उठाएका थिए ।