ग्रिन कार्ड भएकाहरू

ग्रिन कार्ड भएकाहरूले अमेरिका फर्कँदा साथै बोक्नुपर्ने कागजात

आप्रवासन आप्रवासन

तपाई अरुबेलाको भन्दा सर्तक भएर यात्रा गर्नुहोला किन कि ग्रिन कार्ड बाहकलाई समेत अध्यागमनमा कडा निगरानीमा राखिने अमेरिकी निर्णय अनुसार तपाईँलाई पनि अप्ठेरो पर्न सक्नुहुन्छ । 

हाल अमेरिकामा अध्यागमन नीतिहरू थप कडा हुँदै गएपछि नेपाली ग्रिन कार्डवाहकहरू पनि सतर्क रहनुपर्ने भएको छ । अमेरिकी सरकार र अध्यागमन एजेन्सीहरूले ग्रिन कार्डले अनिश्चित कालसम्म अमेरिका बस्ने अधिकार नदिने भन्दै त्यसका लागि थप निगरानी गरिरहेका छन् ।

हालै उपराष्ट्रपति जेडी भान्सले दिएको बयानपछि अमेरिकी सीमा सुरक्षा CBP अधिकारीहरूले अमेरिका फर्कने स्थायी बासिन्दाहरूलाई समेत कडाइका साथ जाँच गरिरहेका छन् ।


अमेरिका फर्कँदा साथमा हुनुपर्ने कागजातहरू: 
–वैध र अद्यावधिक ग्रिन कार्ड
–अमेरिकामा स्थायी बसोबास प्रमाणित गर्ने कागजातहरू बैङ्क स्टेटमेन्ट, घर÷अपार्टमेन्टको लिज, युटिलिटी बिलहरू 
–रोजगारी प्रमाणपत्र, तलब पर्ची Pay Stubs वा कर फाइलिङ W-2, Tax Return कागजातहरू स्वास्थ्य बिमा, अमेरिकी बैङ्क खाता, र अद्यावधिक ड्राइभर लाइसेन्स
नेपाल भ्रमण गरेका वा विदेश बसेका नेपाली ग्रिन कार्डवाहकले ध्यान दिनुपर्ने कुरा
–अमेरिकामा आफ्नो बसोबासको प्रमाण बलियो बनाउन बैङ्क खाता सक्रिय राख्ने, नियमित कर दाखिला गर्ने, र आवासको प्रमाण सुरक्षित राख्ने ।
–लामो समय नेपाल वा अन्य देशमा बस्नुपरेमा अमेरिका फर्किनु अघि कानुनी परामर्श लिनु ।
–ग्रिन कार्ड नवीकरण गर्ने समय नजिकिँदै गएमा समयमै प्रक्रिया थाल्नु ।
–अमेरिकी अध्यागमनबारे थप जानकारीका लागि आधिकारिक स्रोतहरू हेर्नुहोस् वा अध्यागमन वकिलसँग परामर्श लिनुहोस् ।