काखी गन्हाउने समस्या

विदेशमा बस्दा काखी गन्हाउने समस्या, उपचार के ?

आप्रवासन आप्रवासन

धेरै नेपालीहरू रोजगारीका लागि विदेश जान्छन् । कडा मेहेनत, लामो समय काम, घाम–पानी सहनुपर्ने बाध्यता—यी सबैले पसिना आउनु स्वाभाविक बनाउँछ। तर, जब पसिना गन्हाउन थाल्छ, तब समस्या सुरु हुन्छ । कोठामा साथीहरू टाढा बस्न थाल्छन्, अफिसमा सहकर्मीहरू नाक खुम्च्याउँछन्, कहिलेकाहीँ त ’हाइजिन मैनटेन गर’ भन्दै सिधै कुरा काट्नेहरू पनि भेटिन्छन् ।
विदेशमा हरेक कुरा सम्भव छैन—दिनदिनै नयाँ लुगा लगाउन सकिँदैन, तातोपानीले नुहाउने सुविधा सधैं हुँदैन, कतिपय डिओडोरन्ट महँगो हुन्छन् । अझै, गर्मी देशहरूमा त झन् पसिनाले लुगा नै टम्म भिज्छ । यस्तो अवस्थामा काखी गन्हाउने समस्या ठट्टा होइन, आत्मसम्मानकै विषय बन्छ ।
तर चिन्ता नलिनुस् काखी गन्हाउनुको कारण, र समाधानको घरेलु उपायबारे तयार पारिएको यो जानकारी अवश्यै उपयोगी हुनेछ ।

काखी गन्हाउने मुख्य कारणहरू

अत्यधिक पसिना – गर्मी ठाउँमा काम गर्दा, भारी काम गर्दा वा तनाव हुँदा पसिना बढी आउँछ ।
ब्याक्टेरिया संक्रमण – पसिनाले भिजेको लुगा धेरै बेर लगाउँदा काखीमा ब्याक्टेरिया बढ्छ ।
खानपान – मसालेदार खाना, प्याज, लसुन, र रातो मासु बढी खाँदा पसिनामा गन्ध आउने सम्भावना बढ्छ ।
वंशाणुगत कारण – केही मानिसमा ‘एपोक्राइन स्वेट ग्ल्यान्ड’ बढी सक्रिय हुने भएकाले उनीहरूमा काखी गन्हाउने समस्या अरूभन्दा बढी हुन्छ ।
फोहोर लुगा – विदेशमा धेरै नेपालीहरू समूहमा बस्छन् । कोठामा सुकाउने ठाउँ अभाव हुन्छ, जसले लुगामा ब्याक्टेरिया बस्छ र गन्हाउने समस्या निम्तिन्छ ।

विदेशमा बसेर काखी गन्हाउने समस्या कसरी कम गर्ने ?
१)  सरसफाइमा ध्यान दिनुहोस्नियमित नुहाउने –
–दिनको कम्तीमा एकपटक नुहाउनुहोस् ।
–काखी सफा राख्नेः रेजर वा ट्रिमर प्रयोग गरी काखीका रौं काटिराख्नुहोस् ।
–सुक्खा राख्नेः नुहाएपछि राम्ररी पुछ्ने, सकेसम्म ट्याल्कम पाउडर प्रयोग गर्ने ।

२) लुगा सफा राख्ने
–लुगाहरू नियमित धोइ सुक्खा पार्ने सकेसम्म घाममा सुकाउने, यदि सम्भव भएन भने आइरन गर्ने ।
–अरूको लुगा प्रयोग नगर्ने – लुगा साटासाट गर्दा ब्याक्टेरिया सर्न सक्छ ।

३ सही डिओडोरन्ट वा एन्टिपर्सपिरन्ट प्रयोग गर्ने
एलुमिनियमयुक्त एन्टिपर्सपिरन्ट – यसले पसिनै कम ल्याउँछ ।
एन्टिब्याक्टेरियल डिओडोरन्ट – ब्याक्टेरियालाई नष्ट गर्छ, जसले गन्ध कम गर्छ ।
प्राकृतिक उपायहरू – कागतीको रस, बेकिन सोडा, एप्पल साइडर भिनिगर लगाउन सकिन्छ ।

४) खानपान सुधार गर्ने
– मसालेदार खाना कम गर्ने प्याज, लसुन, रातो मासु कम खाने ।
– धेरै पानी पिउने शरीरलाई डिटक्स गर्न मद्दत गर्छ ।
–सागसब्जी बढी खाने