विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।
सूचीमा संसारका ३ हजार २८ धनी छन् र उनीहरूसँग कुल १६ ट्रिलियन डलर सम्पत्ति छ । संसारका १० सबैभन्दा धनी मानिसमा ८ जना अमेरिकाका र फ्रान्स र स्पेनका एक एक जना छन् ।
संसारको सबैभन्दा धनी व्यक्तिमा अमेरिकाका टेस्ला गाडी उत्पादक एलन मस्क भएका छन् । उनीसँग ३४२ अर्ब डलर सम्पत्ति छ ।
दोस्रो स्थानमा फेसबुकका सह संस्थापक मार्क जुकरवर्ग छन् । उनको सम्पत्ति २१६ अर्ब डलर छ ।
साढे ९२ अर्ब डलर सम्पत्ति भएका भारतका मुकेश अम्बानी सूचीको १८औँ स्थानमा छन् ।
नेपालका डलर अर्बपति विनोद चौधरी भने सूचीको १७६३औँ स्थानमा छन् । अर्थात्, उनी विश्वका १७६३औँ धनी व्यक्ति हुन् ।
चौधरीसँग दुई अर्ब डलर सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
गत वर्ष उनको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर थियो । गत वर्षको तुलनामा यस वर्ष उनको सम्पत्ति २० करोड अमेरिकी डलरले बढेको फोर्ब्सले जनाएको छ ।