मार्चमा महिनामा पर्यटक आगमन खस्किएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्चमा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको दाँजोमा झन्डै ७ हजारले कम हो ।
सन् २०२४ को मार्चमा १ लाख २८ हजार १७१ पर्यटक नेपाल आएका थिए । मार्चमा सबैभन्दा धेरै भारतबाट २१ हजार ४१२ पर्यटक नेपाल आएका थिए।
त्यसपछि, चीनबाट ११ हजार ४४३ र अमेरिकाबाट ११ हजार ९२ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट ८ हजार ८८६ र बेलायतबाट ५ हजार ९९५ पर्यटक आएका हुन् ।
योसँगै सन् २०२५ को पहिलो ३ महिनामा नेपाल आउने पर्यटकको संख्या २ लाख ९८ हजार ५५८ पुगेको छ । जसमध्ये जनवरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार ८ सय पर्यटक नेपाल आएका हुन् ।
तर सन् २०२४ को पहिलो ३ महिनाको तुलनामा समेत सन् २०२५ मा पर्यटक घटेका छन् । गत वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ हजार १६७ गरी ३ लाख ४ हजार ६९३ पर्यटक नेपाल भित्रिएका थिए ।