क्रोएसियाको रोजगारी

क्रोएसियामा ७० हजार कामदारको आवश्यकता, नेपालीलाई अवसर

आप्रवासन आप्रवासन

क्रोएसियाको श्रम बजारमा यस वर्ष ७० हजार सिजनल कामदार आवश्यक पर्ने रिपोर्ट सार्वजनिक भएको छ । सेन्जेन न्युजले एक समाचार प्रकाशित गर्दै क्रोएसियाको श्रम बजारमा ७० हजार सिजनल वर्करको आवश्यकता पर्ने जनाएको हो ।

यो वर्ष क्रोएसियाको पर्यटन र निर्माण क्षेत्रमा कामदारहरूको उच्च माग रहेको छ । आवश्यकतालाई पूरा गर्न क्रोएसियाले हजारौँ विदेशी कामदार भित्र्याउने गरेको छ ।

सन् २०२४ मा मात्रै क्रोएसियाले २ लाख ६ हजार ५ सय विदेशी कामदार भित्र्याएको थियो । हाल नेपाली श्रमिकका लागि पनि क्रोएसिया आकर्षक गन्तव्य बनिरहेको छ ।

सन् २०२४ मा ३५ हजार नेपाली क्रोएसियाको वर्क पर्मिट र रेसिडेन्ट पर्मिट पाएका थिए । यस्तोमा यो वर्ष पनि नेपाली श्रमिकले क्रोएसियामा रोजगारीको अवसर पाउने देखिएको छ । 

विशेष गरी पर्यटन, निर्माण र व्यापार जस्ता विभिन्न क्षेत्रमा मौसमी कामदारहरू आवश्यक छन् ।

कामदारहरूको उच्च मागका कारण क्रोएसियाले विदेशी कामदारहरूको तलब बढाउने अपेक्षा गरिएको छ । सन् २०२५ मा क्रोएसियामा औसत तलब १ हजार ३ सय ६१ युरो कायम छ ।