Canada immigration policy

विद्यार्थी र वर्किङ भिसा रद्द गर्न सक्ने गरी क्यानडाले ल्यायो नियम

आप्रवासन आप्रवासन

क्यानडाले विद्यार्थी, वर्किङ, भिजिटर लगायतका अस्थायी भिसा रद्द गर्न सक्ने गरी नयाँ नियम सार्वजनिक गरेको क्यानडाको इमिग्रेसन, रेफयुजिज एन्ड सिटिजनसिप क्यानडा आइआरसिसीले आप्रवासन तथा शरणार्थी सुरक्षा नियमावलीलाई अद्यावधिक गर्दै नयाँ व्यवस्था गरेको हो। जस अनुसार अस्थायी भिसा भएकाको क्यानडामा आवास अनुमति सकिएपछि देश छोड्ने कुरा प्रमाणित गर्न असफल भएमा भिसा रद्द हुन सक्ने

यस्तै, त्यस्ता भिसावाहकको कागजात हराएको, चोरिएको वा नष्ट भएको अवस्थामा समेत भिसा रुद्ध हुन सक्छ यो नियम क्यानडाको पिआर पाइसकेका व्यक्तिको हकमा समेत लागु हुने यसअघि क्यानडामा भिसा रद्द हुन सक्ने विशेष कारणहरू बारे नियमावली स्पष्ट थिएन

त्यसबाहेक, आइआरसिसीका अधिकारीहरूको अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरिएको थिएन। अब भने आईआरसीसीका अधिकारीहरूलाई अस्थायी भिसा कागजातहरू रद्द गर्न सक्ने स्पष्ट अधिकार दिइएको छ। जसको प्रत्यक्ष प्रभाव क्यानडामा अध्ययन वा काम गरिरहेका नेपालीहरूमा समेत पर्ने देखिन्छ