दक्षिण कोरियामा रहेका नेपालीले विवाह दर्ता प्रमाणीकरण गर्नुपरेमा

आप्रवासन आप्रवासन

दक्षिण कोरियाको सियोलस्थित नेपाली राजदूतावासले स्वास्थ्य विमाका लागि विवाह दर्ता तथा नाता प्रमाणीकरण गर्न आवश्यक प्रक्रिया सार्वजनिक गरेको छ

सार्वजनिक प्रक्रिया विवाह दर्ता प्रमाणीकरणका लागि अपोन्टमेन्ट डेट अनिवार्य नरहेको समेत जानकारी गराइएको छ ।

 विवाह दर्ता प्रमाणीकरणका लागि आवश्यक कागजातहरू

-विवाह दर्ताको प्रमाणपत्रको फोटोकपी

-श्रीमान् श्रीमती दुबैजनाको पासपोर्टको फोटोकपी 

-अनलाइन प्रणालीमा विवाह दर्ता प्रमाणपत्र देखिएमा नेपाल सरकारको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण आवश्यक पर्दैन ।

-अनलाइन प्रणालीमा विवाह दर्ता प्रमाणपत्र नदेखिएको खण्डमा अनिवार्य रूपमा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिसकेको कागजात पेस गर्नुपर्नेछ ।

थेग्बे थुङ्गीमार्फत पठाउँदा  सुरुमै भनिएका कागजातहरू संलग्न गरि स्पष्ट बुझिने विवरणसहितको निवेदनमा नाम, ठेगाना, र फोन नम्बर उल्लेख गर्नु पर्नेछ ।

साथै राजस्व रकम ७० हजार कोरियन वन, थुङ्गी शुल्कः ३ हजार गरि जम्मा ७३ हजार कोरियन वन पठाउनुपर्ने छ ।