अमेरिकामा ग्रिन कार्ड

अमेरिकामा एसाइलम पाएकालाई ग्रिन कार्ड दिन रोक

आप्रवासन आप्रवासन

अमेरिकामा एसाइलम पाएकालाई ग्रिन कार्ड दिने प्रक्रियामा रोक लगाइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले त्यस्ता आप्रवासीको आवेदनमाथि थप जाँच गर्न आवश्यक रहेको भन्दै ग्रिन कार्ड दिन अस्थायी रोक लगाइएको जनाएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा कार्यकारी आदेशमार्फत अमेरिका प्रवेश गर्न चाहने वा अमेरिकामा रहेका सबै आप्रवासीको अधिकतम मात्रामा जाँच गर्न आदेश जारी गरेका थिए। सोही आदेशको पालना गर्दै डिपार्टमेन्टले पछिल्लो निर्णय गरेको हो ।

यो रोक कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन ।

अब अमेरिकामा शरणार्थी हैसियतमा शरण पाएका लाखौँ आप्रवासी बारे थप जाँच हुने भएको छ।

अमेरिकामा एसाइलमका लागि आवेदन दिएर प्रतीक्षारत आप्रवासीको सङ्ख्या २० लाख बढी छ । सन् २०२३ मा मात्रै ४ लाख ७८ हजार ८८५ आप्रवासीले एसाइलमका लागि निवेदन दिएका थिए । जसमा नेपालीहरू समेत रहेका छन् ।

तर पछिल्लो निर्णयसँगै अमेरिकामा शरणार्थी हैसियतमा रहेका वा रहन आवेदन दिएका नेपालीसहित लाखौँ आप्रवासीको कानुनी स्थिति अन्योलमा समेत परेको छ।