हिमाल चढ्न २३ देशका ५८ विदेशी नेपालमा

आप्रवासन आप्रवासन

वसन्तकालीन हिमाल आरोहणका लागि विदेशीहरू नेपाल आउन क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार हिमाल चढ्नका लागि २३ देशका ५८ जना विदेशी नेपाल आइपुगेका छन्

विभिन्न हिमालहरू आरोहण गर्न चीन, पाकिस्तान, ब्राजिल, इरान, क्यानडा, चिली, किर्गिस्तान, पेरु, रसिया, सिंगापुर, युक्रेन लगायतका देशबाट विदेशी आइपुगेका हुन् । यसरी आउनेमा ४० पुरुष र १८ महिला छन्

सबैभन्दा धेरै अर्थात् २० जना चीनबाट आएको विभागले जनाएको छ । विभागले गत मार्च १ देखि वसन्तकालीन हिमाल आरोहणको अनुमति खुला गरेको छ

जसमध्ये हालसम्म अन्नपूर्णबाहेक विभिन्न हिमाल आरोहणका लागि ८ वटा आरोहण दललाई अनुमति जारी गरिएको छ। सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति दिइएको छ ।

यो हिमालका लागि ४२ जनाले अनुमति लिएका छन् । अन्यको खुलेको भए पनि सगरमाथा आरोहणको अनुमति भने खुलिसकेको छैन ।