मलेसियामा नेपाली कामदार

मलेसियामा नेपालीमाथि शोषण भइरहेको भन्दै दूतावासले गरायो सचेत

आप्रवासन आप्रवासन

मलेसियामा रहेका नेपाली कामदारमाथि चरम श्रम शोषण भइरहेको भन्दै नेपाली दूतावासले सचेत गराएको   मलेसियास्थित नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै नेपाली माथिको शोषणबारे म्यानपार कम्पनी तथा श्रमिक भर्ना भर्ने एजेन्सीको ध्यानाकर्षण गराएको हो

दूतावासका अनुसार कतिपय कम्पनीहरूले मलेसिया सरकारको न्यूनतम तलब नदिएको, श्रमिकहरूसँग सम्झौताविपरीत कार्य गराइरहेको गुनासो बढेको साथै, ओभरटाइम भुक्तानी नपाउने, आवश्यक सुविधा नपाउने तथा अवैध माध्यमबाट नेपालबाट मलेसिया पठाउने जस्ता गम्भीर समस्या देखा परेको

यस्तै सम्झौता पत्रमा भएका सर्तहरु कार्यान्वयन नभएको नेपालबाट सेक्युरिटी गार्डमा जानेसँग मोटो रकम असुलिएको प्रति पनि दूतावासले सचेत गराएको मलेसियामा नेपाली श्रमिकका लागि खोलिएको कोटाको नाममा अवैध रूपमा भर्ती प्रक्रिया सञ्चालन भइरहेकोप्रति गम्भीर हुन विज्ञप्तीमा भनिएको

यस्तै समस्यामा परेका वा तोकिएको तलब सुविधा नपाएका श्रमिकलाई गुनासो टिपाउन दुतावासले आग्रह गरेको यसका लागि हटलाइन नम्बर वा इमेलमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।