वैदेशिक रोजगार ठगी

वैदेशिक रोजगार सम्बन्धी ठगीमा परे सम्पर्क गर्नुहोस् यी व्यक्तिहरू

आप्रवासन आप्रवासन

सरकारले वैदेशिक रोजगार सम्बन्धी ठगीमा परेकालाई निःशुल्क कानुनी सहायता तथा सहजीकरणको लागि सहायता अधिकृतको व्यवस्था गरेको छ । वैदेशिक रोजगार विभागले देशभरका जिल्ला प्रशासन कार्यालयबाट सिफारिस हुने वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीमा सहायता गर्न ‘फोकल पर्सन’ तोकेको हो ।

गत साउन १ गतेदेखि नै सेवा प्रदान गर्दै आए पनि अझ प्रभावकारी र सहज बनाउन प्रदेशगत हिसाबले अधिकृतहरू छुट्याइएको हो । जसअन्तर्गत रोजी तुल्सिबाख्योले कोशी र बागमती प्रदेशका जिल्ला प्रशासनबाट आएका उजुरीमाथि समन्वय गर्ने  जिम्मा पाएकी छिन् । निशा सुवालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समस्याहरू हेर्ने छिन् भने अस्मिता पुरीले मधेस र गण्डकी प्रदेशका जिल्ला प्रशासनबाट आएका समस्या हेर्ने  कार्यादेश छ । 

पीडितले आफ्नो प्रदेश अनुरूप यी सहायता अधिकृतको स्क्रिनमा देखाइएको फोन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । जिल्ला प्रशासनबाट आएका उजुरी मात्र नभई कानुनी सहायतासँग सम्बन्धित विषयमा जोसुकै व्यक्तिले पनि सहायताका लागि सम्पर्क गर्न सक्ने विभागको भनाई छ।